Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सिड्नीको ठूलो भवनमा फिल्मी शैलीमा भीषण आगलागी


१२ जेठ, सिड्नी । सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ ।

“आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले”, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?