चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले
सिमकोट,हुम्ला। हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । उक्त जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो) मा जम्मा भई
काठमाडौं। नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको
खोटाङ। खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम थालिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको
चितवन। भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । त्यस्तै, गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान
सुर्खेत। सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यस्ते, पहिलो सेट गण्डकीले २५–२२
काठमाडौं। दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरूलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ । जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले सन् २०१६ देखि बाढीको पूर्व सूचना दिने गरेको छ भने २०२३ मा मात्र एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो । जल तथा मौसम
काठमाडौं। थारु समुदायले पुस २९ गते र माघ एक गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिएका छन् । उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी
काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् । उक्त प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा किसानहरूले खोजेको सेवा सुविधाअनुसारको बजेटमा जोड दिइन् भने बाँदरले बाली नष्ट
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा समितिबाटै टुङ्ग्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सकेसम्म सहमतिमै टुङ्ग्याउने नत्र प्रक्रियामा गएर भए पनि निष्कर्षमा पुर्याउने सहमति भएको बताए । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउन सहमति खोज्ने हो”, मन्त्री गुरुङले भने,