Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनसेलले अब हावाहुरी र पहिरोको पनि पूर्वसूचना दिने


काठमाडौं। दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरूलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले सन् २०१६ देखि बाढीको पूर्व सूचना दिने गरेको छ भने २०२३ मा मात्र एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणसहित १३ वटा प्रकोपबारे पूर्व सूचना दिने भएको हो ।

त्यसलाई थप विस्तार गर्ने समझदारी पत्रमा बुधबार एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?