Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आरजु भन्छिन्- बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको छु, रेस्पोन्स गर्नुभएको छ


काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

उक्त प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा किसानहरूले खोजेको सेवा सुविधाअनुसारको बजेटमा जोड दिइन् भने बाँदरले बाली नष्ट गरेर किसानहरूले पाएको पीडाप्रति उनले चिन्ता व्यक्त गरिन् ।

त्यस्तेै, आफूले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र रेस्पोन्स राम्रो आएको राणाले बैठकमा जानकारी गराएकी छन् । उनले भनिन्, ‘कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौँ । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौँ । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको थिएँ । उलले रेसपोन्स गर्नुभएको छ ।

भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?