Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राष्ट्रिय भलिबल प्रतियोगिताः आर्मीलाई हराउँदै गण्डकी तेस्रो


सुर्खेत। सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ ।

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

त्यस्ते, पहिलो सेट गण्डकीले २५–२२ अङ्कले जित्यो भने दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६–२४ अङ्कले बाजी मार्यो । २४–२४ अङ्कको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अङ्क दिलाएपछि जित सहज भयो । चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । उक्त सेट गण्डकीले २५–२२ अङ्कले जित्यो ।

आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ भने एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?