Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो

लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ ।मर्स्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ । उक्त गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले

चितवनमा एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

चितवन। एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिएका छन्। उनका अनुसार अभियानकै क्रममा नियमित खोप

चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा छ:  भुवन केसी

हेटौँडा। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा रहेको बताएका छन् । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भएपनि हाल उक्त परिस्थिती विपरित भइरहेको बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता

देशभरका लघुवित्त पीडितहरू काठमाडौंमा (फोटोफिचर):-

काठमाडौं। आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौंमा आइपुगेका छन् । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुग्लिन हुँदै काठमाडौं आइपुगेका हुन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिएका छन् । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी

काठमाडौं। विभिन्न प्रदेशले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाउन भनेपछि विभिन्न प्रदेशहरुले यसअघि नै यस्तो व्यवस्था लागु भइसकेको दाबी गरेका छन् भने केही प्रदेशले अहिले सूचना निकालेर यस्तो

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

काठमाडौं। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो भने प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव विप्लव चयन

काठमाडौं। सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर

पछिल्लो १० वर्षमा सशस्त्र प्रहरीका ९ हजार २४९ कर्मचारीले दिए राजीनामा

काठमाडौं। पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताएका छन् । राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्,‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । उक्त ठक्करबाट गम्भीर

प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ । उक्त बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् । प्रस्तुत प्रतिवेदनमा सांसदहरुको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताएका छन्।

सम्वन्धित समाचारहरु