Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो


लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ ।मर्स्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ ।

उक्त गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले यसको संरक्षणमा गाउँपालिका अघि बढ्न लागेको बताए । तातोपानी कुण्डको व्यवस्थापनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको बजेटमध्ये रु १४ लाख विनियोजन भएको छ ।

त्यस्तै, तातोपानीको थप संरचना निर्माण गरी व्यवस्थापनका लागि सङ्घीय सरकारले रु छ लाख बजेट छुट्याएको उनको भनाइ रहेको छ । तातोपानी कुण्डको व्यवस्थापन गर्ने योजना अनुरुप गाउँपालिकाका अध्यक्ष गुरुङसहित उपाध्यक्ष जुनामाया थापा, वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इञ्जिनियर सुरेश गौतमसहितको टोली केही दिनअघि तातोपानी कुण्डमा पुगेको थियो ।

सो कुण्डलाई थप व्यवस्थित गर्ने काम चाँडै अघि बढाइने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ रहेको छ । एउटा ठूलो पोखरी र पिकनिकस्थल निर्माण र यसअघिको संरचनालाई थप व्यवस्थित गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय पर्यटन व्यवसायी गुरुङका अनुसार जगतको तातोपानी कुण्डमा दुई वटा पोखरी छन् । प्रतिपोखरी १५ देखि २० जनासम्म अटाउँछन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु ५० हजार र गाउँलेको श्रमदानमा विसं २०६८ मा एउटा पोखरी निर्माण गरिएको र त्यसपछि तत्कालीन सांसद जमिन्द्रमान घलेको सांसद कोषको रु दुई लाख बजेटमा अर्को पोखरी निर्माण गरिएको थियो ।त्यस्तै पर्यटन बोर्डबाट प्राप्त रु पाँच लाख बजेट र स्थानीयवासीको श्रमदान गरी शौचायलय, लुगा फेर्ने ठाउँ, आराम गर्ने ठाउँ निर्माण गरिएको थियो भने दुई वर्षअघि सो गाउँपालिकाले एक लाख ५० हजार बजेट र च्याम्बर र दुई वटा धारा निर्माण गरिएको थियो ।

उक्त गाउँपालिकाकै रु तीन लाख बजेटबाट रेलिङ र सिँढीसमेत निर्माण गरिएको स्थानीयको भनाइ रहेको छ । सो कुण्डमा चैत र कात्तिकमा नुहाउनेको भीड लाग्ने गर्दछ । यहाँ नुहाउँदा बाथ, छालारोग र हाडजोर्नी लगायतका रोग निको हुने जनविश्वास रहेको छ । पर्यटकीय याममा विदेशी पर्यटकहरु तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ ।

यहाँका स्थानीय पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले यहाँ तातोपानी कुण्डमा बनाइएको भौतिक संरचना जीर्ण हुँदै आएको र यतिबेला गाउँपालिकाले यसलाई व्यवस्थित गर्न लागेकाले तातोपानी कुण्ड क्षेत्रको संरक्षण हुने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताए।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?