Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ


काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको बताए ।

ठूला मात्रामा सञ्चालनमा २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवनहरू, ८ हजार ४८ मनोरञ्जन स्थलहरू, ट्रक डिपोहरू, बस स्टेशनहरू, बन्दरगाहहरू र यातायात केन्द्रहरूसहित ५ हजार ७३५ स्थानहरूको निरीक्षण गरेका छन् ।

यर्लिकायाले देशमा शान्ति र सुरक्षा सुनिश्चित गर्दै अनियमित आप्रवासन र मानव तस्करी विरुद्ध लड्न सरकारको प्रतिवद्धतामा जोड दिए । २०२० देखि, टर्किएले ११ लाखभन्दा बढी अनियमित आप्रवासीहरूलाई रोकेका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?