Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने


काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपिएल) को बेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउने भएको छ ।

यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार ओमोडा एण्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ । क्यानले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि सह–प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोसँग साझेदारी गरेको हो । क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

कम्पनीले ओमोडा एण्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भुमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पु¥याउने विश्वास लिएको छ ।
क्यानका सचिव खड्काले पछिल्लो २०÷३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपिएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताए । आगामी मंसिर १५ गतेदेखि एनपिएल शुरू हुँदैछ ।

पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ । एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?