Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने


काठमाडौँ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीन दिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताएका छन् । एक महिनाअघि अक्टोबर २८ मा पनि १६ प्रान्तमा अपाङ्गता फैलाउने भाइरस उन्मूलन अभियान सञ्चालन गरिएका थिए । जसमा पाँच वर्षमुनिका ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप लगाइएका छन् ।

अमरखिलले पोलियो अभियानलाई उचित रूपमा कार्यान्वयन गर्न आदिवासी जनजाति, धर्मविद्, अभिभावक र पोलियोकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन् । मन्त्रालयकाअनुसार सन् २०२४ मा अफगानिस्तानमा कुनैपनि पोलियोको पुष्टि भएका छैनन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?