Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरुलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उहाँहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन केही कानूनी जटिलताहरु रहेको उल्लेख गर्दै नमिलेका कानून, ऐन र विधिहरु समयानुकुल बनाउन सरकारले चासो दिएको बताउदै उनले सहकारीहरुमा देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताएका छन् । मुलुकमा ३१ हजारबढी सहकारी रहेको भएपनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले थोरै सहकारीहरुले बद्मासी गरेको भएपनि सबै सहकारीहरु खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?