Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरुलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उहाँहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन केही कानूनी जटिलताहरु रहेको उल्लेख गर्दै नमिलेका कानून, ऐन र विधिहरु समयानुकुल बनाउन सरकारले चासो दिएको बताउदै उनले सहकारीहरुमा देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताएका छन् । मुलुकमा ३१ हजारबढी सहकारी रहेको भएपनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले थोरै सहकारीहरुले बद्मासी गरेको भएपनि सबै सहकारीहरु खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?