Trending
>>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

मुलुकमा झुटको खेती गर्नेको कमी छैन :प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन् ।

२०७२ सालयता एमाले नेतृत्वको सरकारले तिब्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसराम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ साल यता मुलुकमा आमुल परिवर्तनको काम शुरु भएपनि त्यो पर्याप्त नभएको बताउदै उनले मुलुकमा कृषि क्षेत्रको आमुल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तिब्रगतिका साथ देशलाई विकासको बाटोमा अगाििड बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो । तर तपाई हामी सबैलाई थाहा छ–कस्ता कस्ता शक्ति कतितिरबाट लागेका छन । कति झुटको खेती गर्दछन् । कति बेइमानी कुराहरु फैल्याउछन । लाजसरम कति छोडन सक्छन, त्याग्न सक्छन् । तर पनि हामी एउटा ठूलो रिभोलुशन गरिराखेका छौं । तर रेभुलुशन पुगेको छैन । खासगरी कृषि क्षेत्रमा रेभुलुशन पुगेन । ’

प्रधानमन्त्री ओलीले २०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तिब्रता दिएको समेत बताए ।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?