Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी


काठमाडौं। विभिन्न प्रदेशले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाउन भनेपछि विभिन्न प्रदेशहरुले यसअघि नै यस्तो व्यवस्था लागु भइसकेको दाबी गरेका छन् भने केही प्रदेशले अहिले सूचना निकालेर यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएका छन् ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७मा लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन प्रयोग गर्न दिनुपर्ने उल्लेख थियो, तर पछि सशुल्क सवारी प्रशिक्षण केन्द्रक सवारी प्रयोग गर्न सक्ने गरी व्यवस्था संशोधन गरेर बाध्यात्मक व्यवस्था हटाइएको थियो ।त्यसैलाई देखाएर देशभरका ट्रायल सेन्टरमा सीमित र थोत्रा सवारी राखेर त्यसबापत महँगो शुल्क समेत लिएर सवारीको ट्रायल दिन बाध्य पारिएको गुनासो बढेको थियो । त्यसकै आधारमा गत ७ माघमा राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

त्यस्तै, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यस्तो व्यवस्था लागु रहेको दाबी गरेका छन् भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सतर्कता केन्द्रलाई पत्र नै लेखेर यस्तो व्यवस्था लागू गरिसकेको दाबी गरेका छन् । मधेश प्रदेश सरकारले आफ्ना लाइसेन्स कार्यालयलाई यस्तो व्यवस्था लागु गर्न निर्देशन दिइसकेको छ ।

सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको थियो । सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको थियो भने अहिलेसम्म सतर्कता केन्द्रको निर्देशनबारे बाग्मती, गण्डकी र कोशी प्रदेशले केही बताएका छैनन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?