Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी


काठमाडौं। विभिन्न प्रदेशले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाउन भनेपछि विभिन्न प्रदेशहरुले यसअघि नै यस्तो व्यवस्था लागु भइसकेको दाबी गरेका छन् भने केही प्रदेशले अहिले सूचना निकालेर यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएका छन् ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७मा लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन प्रयोग गर्न दिनुपर्ने उल्लेख थियो, तर पछि सशुल्क सवारी प्रशिक्षण केन्द्रक सवारी प्रयोग गर्न सक्ने गरी व्यवस्था संशोधन गरेर बाध्यात्मक व्यवस्था हटाइएको थियो ।त्यसैलाई देखाएर देशभरका ट्रायल सेन्टरमा सीमित र थोत्रा सवारी राखेर त्यसबापत महँगो शुल्क समेत लिएर सवारीको ट्रायल दिन बाध्य पारिएको गुनासो बढेको थियो । त्यसकै आधारमा गत ७ माघमा राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

त्यस्तै, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यस्तो व्यवस्था लागु रहेको दाबी गरेका छन् भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सतर्कता केन्द्रलाई पत्र नै लेखेर यस्तो व्यवस्था लागू गरिसकेको दाबी गरेका छन् । मधेश प्रदेश सरकारले आफ्ना लाइसेन्स कार्यालयलाई यस्तो व्यवस्था लागु गर्न निर्देशन दिइसकेको छ ।

सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको थियो । सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको थियो भने अहिलेसम्म सतर्कता केन्द्रको निर्देशनबारे बाग्मती, गण्डकी र कोशी प्रदेशले केही बताएका छैनन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?