Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध


काठमाडौं। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो भने प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो। अब मन्त्रीस्तरिय निर्णय गर्दै भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ।

त्यस्तै, बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको छ भने भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको छ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?