Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध


काठमाडौं। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो भने प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो। अब मन्त्रीस्तरिय निर्णय गर्दै भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ।

त्यस्तै, बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको छ भने भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको छ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?