Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । उक्त ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा.प्र.०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागी भैरहवातर्फ रिफर गरिएको छ ।

सिरहाको नरहा गाउँपालिका-५ बलुवा चोकस्थित सडकमा स.९ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका-२ कौवाहा बस्ने २८ वर्षीय राम दयाल यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित सडकमा बा.१६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार चितवन ईच्छाकामना गाउँपालिका-६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ६ जनाको पुरानो मेडिकल भरतपुर चितवनमा उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भएका छन् भने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?