Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । उक्त ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा.प्र.०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागी भैरहवातर्फ रिफर गरिएको छ ।

सिरहाको नरहा गाउँपालिका-५ बलुवा चोकस्थित सडकमा स.९ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका-२ कौवाहा बस्ने २८ वर्षीय राम दयाल यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित सडकमा बा.१६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार चितवन ईच्छाकामना गाउँपालिका-६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ६ जनाको पुरानो मेडिकल भरतपुर चितवनमा उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भएका छन् भने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?