Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा छ:  भुवन केसी


हेटौँडा। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा रहेको बताएका छन् । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भएपनि हाल उक्त परिस्थिती विपरित भइरहेको बताएका छन् ।

आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको बताउदै चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको समेत बताए । उनले नेपाली चलचित्र क्षेत्र वर्तमान अवस्थामा आइपुग्नुमा पत्रकारहरुको अहम भूमिका रहेको बताएका छन् ।

त्यसैगरी, ‘ चलचित्र ऐन पारित नहुँदा चलचित्र क्षेत्रको विकासका काममा समस्या भएको छ । चलचित्र क्षेत्रको विकासका लागि ऐन निर्माणका लागि बोर्डले काम गरिरहेको छ’ उनले भने, ‘हाल ऐन निर्माणका लागि अन्तिम ड्राफ्ट गर्ने काम भइरहेको छ भने चलचित्र विकास बोर्डलाई स्वायत्त राख्ने गरी ऐन तयार गरिएको छ । विगतमा थोरै पत्रकारहरु चलचित्र क्षेत्रमा बोल्ने र लेख्ने काम गर्थे । अहिले थुप्रै पत्रकारहरु चलचित्रलाई विश्वव्यापी बनाउने काममा जुट्ने गरेका छन् ।’

उनले विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्नेतर्फ पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउदै मानिसहरुमा भएका कमी कमजोरीलाई सकारात्मक आलोचनासहित सुधार गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन् ।

अध्यक्ष केसीका अनुसार नेपालमा चलचित्र निर्माणका लागि स्टुडियो नहुँदा समस्या भइरहेको छ । सिनेमा क्षेत्रलाई विश्व वक्स अफिसमा पुर्याउन पर्ने उनको भनाई रहेको छ भने चलचित्र नै नरहे चलचित्रकर्मी, पत्रकार नरहेने भन्दै अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?