Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

समाचार


मन्त्री छान्न शेखर कोइराला-गगन थापा समूहले सुरू गरे छलफल

३० चैत्र, काठमाडाैँ । मन्त्री छान्नका लागि नेपाली कांग्रेसका डा. शेखर कोइराला-गगन थापा समूहले छलफल सुरू गरेका छन् । कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान सहित उनीहरूले छलफल सुरू गरेका हुन् । पछिल्लो पटकको मन्त्रिमण्डल बिस्तारमा नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । तर पनि को मन्त्री बन्ने टुंगो नलाग्दा ४

कर्मचारी अभावले सेवाग्राही मारमा

३० चैत्र, बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा

मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

३० चैत्र, भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

३० चैत्र, बैतडी । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट

हुक्का सेवन गर्नुहुन्छ ? अध्ययनले देखायो नयाँ जोखिम

३० चैत्र, एजेन्सी । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् । शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ । कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक

प्रधानमन्त्री प्रचण्डसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

३० चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले

चीनलाई एक लाख बाँदर बेच्दै श्रीलङ्का

३० चैत्र, कोलम्बो । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ । श्रीलङ्काले

कस्तो रहला वर्षको अन्तिम दिन देशभरको माैसम ?

३० चैत्र, काठमाडाैँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

३० चैत ,उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३० चैत ,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास

सम्वन्धित समाचारहरु