Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव


२२ वैशाख, नवलपुर। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वद्र्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।

पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको कडिरयाले बताए । “सन् १९७० देखि नै दुर्लभ मानिएको सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको हो”, उनले भने । देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवलाई विभिन्न विभिन्न नौ चरणमा विभाजन गरिएको छ ।

त्यहाँ घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने छ । जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ ।

उत्सवमा ‘सङ्कटमा घडियाल’ ‘लोभदेखि लोपसम्म’ ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’, ‘प्रकृतिसँग साहित्य’ र ‘शिरको गाथा तीरको व्यथा’ शीर्षकमा बहस तथा छलफल हुने बताइएको छ ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?