Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना


२२ वैशाख, क्यानडा । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो ।

सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल–क्यानडा सम्बन्धलाई अझ सुमधुर बनाउने लक्ष्य पनि संस्थाको रहेको दर्शनाचार्य बुढाथोकीले बताए ।

“एनस्याक सुरुआत गर्न पाउँदा र क्यानडामा रहेका नेपाली विद्यार्थीलाई एकअर्कासँग जोडिन, स्रोतसाधनका बारेमा जान्न र सहयोग खोज्ने मञ्च प्रदान गर्न पाउँदा उत्साहित छौँ”, उनले भने, “एनस्याक नेपाली विद्यार्थीले आफ्नो शैक्षिक र व्यावसायिक लक्ष्य प्राप्त गर्नका लागि एक बहुमूल्य स्रोत हुने विश्वास छ ।”


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?