Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना


२२ वैशाख, क्यानडा । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो ।

सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल–क्यानडा सम्बन्धलाई अझ सुमधुर बनाउने लक्ष्य पनि संस्थाको रहेको दर्शनाचार्य बुढाथोकीले बताए ।

“एनस्याक सुरुआत गर्न पाउँदा र क्यानडामा रहेका नेपाली विद्यार्थीलाई एकअर्कासँग जोडिन, स्रोतसाधनका बारेमा जान्न र सहयोग खोज्ने मञ्च प्रदान गर्न पाउँदा उत्साहित छौँ”, उनले भने, “एनस्याक नेपाली विद्यार्थीले आफ्नो शैक्षिक र व्यावसायिक लक्ष्य प्राप्त गर्नका लागि एक बहुमूल्य स्रोत हुने विश्वास छ ।”


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?