Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

समाचार


धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने

काठमाडौँ । ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई

वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित)

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ । यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि वागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो । प्रदर्शनीमा वागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन्

बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

काठमाडौँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो । सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’

काठमाडौँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान

राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताउनुभएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो । उहाँकाअनुसार यो सरकार बनेको ५–६ हप्तासम्म

दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा

काठमाडौँ । आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर काँग्रेस, एमाले, नेकपा, रास्वपासहित प्रायः सबै दलहरुले सावर्जनिक गरेको घोषणापत्रमा आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाएको छ । दलहरुले ल्याएको घोषणापत्रमा मुलुकलाई सुशासनको बाटोमा डो-याउँदै आर्थिक समृद्धिको मार्गमा डो¥याउने योजनाहरु अघि सारिएको छ । नेपाली काँग्रेस, एमाले, नेकपा, रास्वपासहितका दलहरुले

हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहलाई हतियार त्याग्न असफल भएमा कडा रूपमा सामना गरिने चेतावनी दिनुभएको छ । हमासले हतियार त्याग्ने प्रतिवद्धता गरेको बताउनु भयो । ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यदि उनीहरूले गरेनन् भने धेरै कडा रूपमा सामना गर्नुपर्ने बताउनु भयो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सरेक्सन) को आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । सियोल सेन्ट्रल जिल्ला अदालतले बिहीवार (फेब्रुअरी १९, २०२६) यो फैसला सुनाएको हो । यो सजाय दक्षिण कोरियामा डिसेम्बर ३, २०२४ मा उनले घोषणा गरेको छोटो समयको आपतकालीन मार्शल ल (सैन्य शासन) सँग सम्बन्धित

‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ । बिहीवार प्रजातन्त्र दिवसको अवसर पारी इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो । वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताउनुभयो

सम्वन्धित समाचारहरु