Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’


‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ ।

बिहीवार प्रजातन्त्र दिवसको अवसर पारी इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो । वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताउनुभयो । सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या गरिएको सार्वजनिक पुस्तकममा उल्लेख छ । त्यस्तै, दाइजको कारण १४४ जनामाथि हिंसा भएको, बाल अधिकार उल्लङ्घन तथा जादतीबाट पीडित भएकाहरुको संख्या १ हजार ३ सय ४९ जना, पेसागत आधारमा पीडित हुनेहरु ११ हजार ५ सय ३८ जना रहेको समेत पुस्तकमा अभिलेखिकरण गरिएको छ । अध्यक्ष गौतमकाअनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लङ्घानका घटनाहरु भएका छन् ।

उहाँले भन्नुभयो, ‘२०२६ मा हामी ११ हजार ५ सय ३८ मानव अधिकार उल्लङ्घनका घट्नाहरु अभिलेखिकरण गरेका छौँ । यस वर्ष पनि हत्या हिंसाका घटनाहरु भएका छन् । दाइजोका कारण महिलामाथि हुने हिंसाका घटनाहरु पनि बढेका छन् । बालबालिकामाथि हुने हिंसा र यौन हिंसाका घटनाहरु पनि प्रसस्त रुपमा भएका छन् । विगत ३ दशकदेखि लगातार सार्वजनिक हुँदै आएको यो दस्तावेज नेपालमा मानव अधिकारको विश्वसनीय एउटा स्रोतको रुपमा स्थापित छ ।’

इन्सेकद्वारा सार्वजनिक पुस्तमा राज्यपक्षबाटै मानव अधिकार उल्लङ्घन हुने गरेको उल्लेख छ । सन् २०२५ मा गैरकानूनी गिरफ्तारी, हिरासतमा दुव्र्यवहार, थुनामा मृत्यु तथा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको अंकुशले राज्यपक्षबाटै मानव अधिकार उल्लङघन भएको इन्सेकको जिकिर छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?