Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती


काठमाडौं । अविरल वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो । सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् । यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा यात्रा गर्ने सयौं यात्रुहरू र सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् । सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ । डिभिजनका अधिकारीहरूका अनुसार, पानी पर्न रोकिएको अवस्थामा ५ घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ । स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ । सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं । अविरल वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो । सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् । यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ ।

सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा यात्रा गर्ने सयौं यात्रुहरू र सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् । सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ । डिभिजनका अधिकारीहरूका अनुसार, पानी पर्न रोकिएको अवस्थामा ५ घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ । स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ ।

हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ । सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?