Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय


दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सरेक्सन) को आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

सियोल सेन्ट्रल जिल्ला अदालतले बिहीवार (फेब्रुअरी १९, २०२६) यो फैसला सुनाएको हो । यो सजाय दक्षिण कोरियामा डिसेम्बर ३, २०२४ मा उनले घोषणा गरेको छोटो समयको आपतकालीन मार्शल ल (सैन्य शासन) सँग सम्बन्धित छ । अदालतले यो कदमलाई संवैधानिक व्यवस्थालाई भंग गर्ने विद्रोहको नेतृत्व गरेको ठहर गरेको छ । प्रहरीले युनलाई मृत्युदण्डको माग गरेको थियो । तर अदालतले आजीवन कारावास (लाइफ इम्प्रिजनमेन्ट) को सजाय तोकेको छ । यो फैसला दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा निर्वाचित राष्ट्रपतिलाई यस्तो कठोर सजाय दिइएको पहिलो घटना हो । मार्शल ल घोषणा भएपछि मात्र ६ घण्टाभित्रै संसदले यसलाई रद्ध गरेको थियो । जसले देशमा ठूलो राजनीतिक संकट निम्त्याएको थियो । युनलाई यसअघि पनि इम्पिचमेन्ट (महाभियोग) मार्फत पदबाट हटाइसकिएको थियो ।

यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रको परीक्षा गरेको र जवाफदेहिताको महत्वपूर्ण कदम भएको विश्लेषकहरूले बताएका छन् । युनले यो फैसलाविरुद्ध अपील गर्ने सम्भावना छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?