१४ वैशाख ,गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका
१४ वैशाख , तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन । उनि मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री
१३ वैशाख ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ । सो पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले आज सूचना जारी गर्दै सफलतासँगै पार्टी निर्माण गर्र्दै राष्ट्र निर्माण गर्ने दायित्वबाट निष्क्रिय रहने
१३ वैशाख ,भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए । उनले भने, “सुसंस्कृत राजनीतिको
१३ वैशाख ,नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन् । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी ( बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर आज उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भने,
१३ वैशाख ,चितवन । जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी
१३ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश
१३ वैशाख ,गण्डकी । कास्कीमा लागुपदार्थ न्यूनीकरणमा क्रियाशील गैरसरकारी संस्थाबीच टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको छ । विश्व टेबलटेनिस डेका अवसरमा आज सो प्रतियोगिता आयोजना गरिएको हो । नौलो घुम्ती नेपालको आयोजनामा भएको प्रतियोगितामा पुरुष सिङ्गलतर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोस्रो, हेल्पिङ ह्यान्डका सञ्जीत केसी
१३ वैशाख ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको थियो । उक्त न्यायिक
१३ वैशाख ,विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन्। विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके