Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

घरघरमा बालबालिका खोज्दै स्वास्थ्यकर्मी


१३ वैशाख ,चितवन । जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार खोप नलगाएका बालबालिकाको खोजी गर्दै स्वास्थ्यकर्मी र स्वयंसेविका हरेक घरघरमा पुगेका छन् । पाँच वर्षमुनिका नियमित खोपमा नआएका बालबालिकाको खोजीमा उनीहरूलाई परिचालन गरिएको उनले बताए ।

बच्चा जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइडलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्याउनका लागि अभियान सार्थक बन्नेछ ।

यसका लागि अहिले वडावडामा तथ्याङ्क सङ्कलन, विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी र शिक्षकमार्फत पूर्ण खोपको बारेमा जानकारी गराउने, विद्यालय नर्स र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोपको बारेमा कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको उनले बताए ।

अभियानकै क्रममा नियमित खोपमा नआएका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए । वैशाख मसान्तसम्ममा सबै वडा, स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गर्ने गरी अभियानलाई तीव्र बनाइएको उनले बताए ।

हरेक वर्ष वैशाख महिनामा मनाइने खोप सप्ताहलाई मध्यनजर गर्दै सरकारले यस वर्ष खोप महिनाको रूपमा मनाउन लागेको हो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?