Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

घरघरमा बालबालिका खोज्दै स्वास्थ्यकर्मी


१३ वैशाख ,चितवन । जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार खोप नलगाएका बालबालिकाको खोजी गर्दै स्वास्थ्यकर्मी र स्वयंसेविका हरेक घरघरमा पुगेका छन् । पाँच वर्षमुनिका नियमित खोपमा नआएका बालबालिकाको खोजीमा उनीहरूलाई परिचालन गरिएको उनले बताए ।

बच्चा जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइडलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्याउनका लागि अभियान सार्थक बन्नेछ ।

यसका लागि अहिले वडावडामा तथ्याङ्क सङ्कलन, विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी र शिक्षकमार्फत पूर्ण खोपको बारेमा जानकारी गराउने, विद्यालय नर्स र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोपको बारेमा कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको उनले बताए ।

अभियानकै क्रममा नियमित खोपमा नआएका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए । वैशाख मसान्तसम्ममा सबै वडा, स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गर्ने गरी अभियानलाई तीव्र बनाइएको उनले बताए ।

हरेक वर्ष वैशाख महिनामा मनाइने खोप सप्ताहलाई मध्यनजर गर्दै सरकारले यस वर्ष खोप महिनाको रूपमा मनाउन लागेको हो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?