Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक


काठमाडौँ। गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा काँग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन् । लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरुको ठूलो योगदान रहेको बताए । उनले एकता कुनै अमूर्त विषय नभएको बताउदै काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताएका छन् । उनले मतान्तरहरुमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए । उनले पार्टी भन्दा बाहिर प्रतिष्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने पनि बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ । त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ । यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरुबाट प्राप्त भएको हो । लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ । यो हजारोँ सपुतको जगका कारण नै निर्माण भएको हो । लोकतन्त्रका लागि लढेका प्रजातन्त्रका सेनानीहरुलाई स्मरण गर्ने, उहाँहरुका विचारलाई फैल्याउने काम पुनित कार्य हो । नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसमा पनि समस्या हुँदैन र काँग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो ।’

गृहमन्त्री लेखकले काँग्रेसका नेताहरु आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताएका छन्।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?