Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक


काठमाडौँ। गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा काँग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन् । लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरुको ठूलो योगदान रहेको बताए । उनले एकता कुनै अमूर्त विषय नभएको बताउदै काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताएका छन् । उनले मतान्तरहरुमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए । उनले पार्टी भन्दा बाहिर प्रतिष्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने पनि बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ । त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ । यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरुबाट प्राप्त भएको हो । लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ । यो हजारोँ सपुतको जगका कारण नै निर्माण भएको हो । लोकतन्त्रका लागि लढेका प्रजातन्त्रका सेनानीहरुलाई स्मरण गर्ने, उहाँहरुका विचारलाई फैल्याउने काम पुनित कार्य हो । नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसमा पनि समस्या हुँदैन र काँग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो ।’

गृहमन्त्री लेखकले काँग्रेसका नेताहरु आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताएका छन्।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?