Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताएका छन् ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली काँग्रेसले बिर्सिन नहुने बताएका छन् । काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउदै नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको जिकिर गरे । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उनको भनाइ छ । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको बताएका छन् । अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने बताउनु भयो । काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको बताए ।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली काँग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौँ । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन । चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो । पञ्चायतमा कहिल्यै चुनाव लढेन । राजाले गराएको चुनाव लढेन । माओवादीसँग २०६५ मा चुनाव हा¥यो । हामीलाई चुनाव जित्नु र हार्नुले निर्धारण गर्दैन । राष्ट्रिय शक्ति त्यो हो जसले चुनावका आधारमा मत प्राप्त गर्दछ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने हो । आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरु प्रायोजित छ सबै कुराहरु बुझ्नुपर्छ । सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यो नेपाली काँग्रेसको जिम्मेवारी हो । त्यसका लागि काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ । ’

महामन्त्री थापाले सत्तामा र शक्तिमा पुग्नका लागि आधारभुत मूल्य र मान्यतासँग सम्झौता गरर प्राप्त गरिएको सत्ताको अर्थ नरहने बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?