Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रुपमा चित्रण गरेका छन् । उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लढेको माओवादी र लामो इतिहास बोकेका नेपाली काँगे्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताएका छन् । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर गर्दै उनले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताएका छन् ।

उनले भने, ‘हामी समावेशिता, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठाउँमा परिवर्तन छ । शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांक हरेक हेर्नुस्, परिवर्तन छ । पञ्चायतको ३०, बाँकी १५—१८ वर्ष यता परिवर्तन भएको छ । यो हामीले आत्मसाथ गर्नैपर्छ । तथ्यले पुष्टि गर्दछ । अहिलेकै अग्रज र नेताहरुले हो गर्ने हो । तर फेरि प्रश्न छ, त्यसलाई हामीले कम आँक्नु हुँदैन । अस्ति भर्खरै ६ महिना खुलेको पार्टी, हामी १० वर्ष लढेर आएको पार्टीलाई माओवादीलाई झन्डै उछिन्ने ठाउँमा किन पुग्यो र अरु दुई पार्टीलाई कसरी थ्रेट भइरहेको छ ? दुई वटा पार्टीहरु ठूला मिलेर झन्डै दुई तिहाईको सरकार बनेको छ । नेताहरुमाथि प्रश्न किन उठिरहेको छ ? कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन । जेल, नेल कहीँ, युद्ध केही पनि बलिदान छैन कसरी यो भइरहेको छ ? यो हाम्रो माथि प्रश्न हो । लोकतान्त्रिक गणतन्त्रमाथिको प्रश्न हो । हामीले यो बुझ्नुपर्दछ ।’

उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पुर्याउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?