Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?


काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन्  ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरेका छन्  । उनले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताउदै नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताएका छन्  । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने बताएका छन्  ।

महासचिव पोखरेलले भने, ‘कहिले कहीँ नेपाली काँग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । नेपाली काँग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने ? अब अरु मलाई दिनुपर्दछ । यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र ? विश्वासको कुरा हो । पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुप¥यो नि । यो आलोपालोको कुरा हो र ? आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन । एक कार्यकाल भनेको त पाँच वर्ष होला नि । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने ? राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुनसक्दछ ? त्यस अर्थमा नेपालको राजनीतिमा जे समस्या छ, त्यसमा प्रवेश गरेर समाधान खोज्न सक्नुपर्दछ ।’

महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरुको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताए  नेपालको चुनौति राजनीतिक अस्थिरता भएको बताउदै उनले नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?