Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे


काठमाडौँ। अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाएका छन् ।

अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका छन् । बुधवारको अर्थसमितिको बैठकमा उहाँले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखेका छन्। उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारेका छन् ।

सभापति चालिसेले भने,‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बद्मासी गरेको छ भने सम्पती रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?’

बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रश्तुत गर्नुहुनेछ ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?