Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताएका छन् ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने जिकिर गर्दै पुरानाहरुले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताएका छन् । देशमा तर्क हराएको उनको भनाइ छ ।

उनले भने, ‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्टा जिन्दवाद हो । हामी पुरानाहरु रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो की ? हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो । मुलुकमा तर्क छैन । शहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश विदेश चिनेका ठूलाठूला नेताहरु जानेका र पुरानाहरु नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो ?’

महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?