Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताएका छन् ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने जिकिर गर्दै पुरानाहरुले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताएका छन् । देशमा तर्क हराएको उनको भनाइ छ ।

उनले भने, ‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्टा जिन्दवाद हो । हामी पुरानाहरु रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो की ? हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो । मुलुकमा तर्क छैन । शहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश विदेश चिनेका ठूलाठूला नेताहरु जानेका र पुरानाहरु नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो ?’

महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?