Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा


१३ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको आह्वान गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

नेकपा (एमाले) संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेशसभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रस्तावमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन/तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक/एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले मतदान गरेका थिए ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरीले सोही दिन प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी गरेका थिए । तर विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउछन् ।

गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लागिनसकेको तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने सङ्केत प्रमुख सचेतक तिमिल्सेनाले जानकारी दिए । नयाँ सरकारमा प्रमुख सत्तासाझेदार माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबीच सहमति भएको बताए ।

उनले सत्ता भागबण्डाका बारेमा अहिलेसम्म राजनीतिक सहमति भएका र बाँकी नयाँ सरकार गठन पछि टुङ्ग्याइनेसमेत जानकारी दिए । नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा जाने करिब निश्चित भएको छ । सत्तागठबन्धन दलका तर्फबाट गत चैत १२ गते कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?