Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विश्व टेबलटेनिस डेका अवसरमा गैरसरकारी संस्थाबीच प्रतिस्पर्धा


१३ वैशाख ,गण्डकी । कास्कीमा लागुपदार्थ न्यूनीकरणमा क्रियाशील गैरसरकारी संस्थाबीच टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको छ । विश्व टेबलटेनिस डेका अवसरमा आज सो प्रतियोगिता आयोजना गरिएको हो ।

नौलो घुम्ती नेपालको आयोजनामा भएको प्रतियोगितामा पुरुष सिङ्गलतर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोस्रो, हेल्पिङ ह्यान्डका सञ्जीत केसी र सुमन क्षेत्री तृतीय बनेका छन् ।

त्यस्तै महिला सिङ्गलतर्फ प्रथम, दोस्रो र तृतीय सबै नौलो घुम्ती नेपालका क्रमशः निलिमा रजक, अञ्जना थापा मगर, अनु दवाडी र सिवनी गौतम बनेका छन् । पुरुष डबलतर्फ हेल्पिङ ह्यान्डका सञ्जीत केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोस्रो, रिचमण्ड फेलोसिपका अनुस त्रिपाठी र विकास क्षेत्री तथा मनोजकुमार गुरुङ र सन्तोष गुरुङ तृतीय बनेका छन् ।

इन्टरनेशनल टेबलटेनिस फाउण्डेसनको आर्थिक सहयोगमा लागुपदार्थ दुव्र्यसनीको उपचारार्थ रिहावमा भर्ना भएका व्यक्तिलाई टेबलटेनिस खेलको माध्यमबाट सोचाइमा सकारात्मकता ल्याउँदै जीवन शैलीमा परिवर्तन ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले बताए ।

प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटी सपोर्ट ग्रुप, रिचमण्ड फेलोसिप, गौरव नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ ह्यान्डलगायत आठ वटा संस्थाका ३६ जना खेलाडीको सहभागिता थियो ।

विजेता खेलाडीलाई जिल्ला टेबलटेनिस सङ्घ कास्कीका अध्यक्ष उत्तम जोशी, सङ्घका सचिव तथा पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलीप गुरुङलगायतले संयुक्तरुपमा मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरे।

कार्यक्रममा नौलो घुम्ती नेपालका पूर्वअध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य खड्गबहादुर रानाभाटले व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठूलो हुने बताए ।

जिल्ला टेबलटेनिस सङ्घ कास्कीका अध्यक्ष उत्तम जोशी, रिकभरी नेपालका दिलीप गुरुङलगायतले टेबलटेनिस खेलले मानसिक तथा शारीरिक सबलता ल्याउने भन्दै नियमित खेल्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?