नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिनुभयो
दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको
१५ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भन्नुभएको छ । शुभकामना
बझाङ, २८ पुस (रासस) ः बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी
कञ्चनपुर, २७ पुस (रासस) : शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ । “पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उहाँले भन्नुभयो,
इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ ।
प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताउनुभयो
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो । निश्चलजस्तै अन्य
डुम्रे, १४ पुस (रासस)ः सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको