Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम


रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौँ युगदेखिको समस्या समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेतृ गौतमले आफ्नो पार्टीले अव सरकार बनाउने र मुलुक निर्माणको अभियानमा केन्द्रित भएर काम गर्ने समेत आश्वासन दिनुभयो । नेतृ गौतमले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेर निर्वाचित गराएको उल्लेख गर्दै सोही विश्वासको आधारमा काम गर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब धेरै बोल्ने समय छैन । अव सरकार निर्माण गर्ने र नेपाली जनताको मुद्दा समाधान गरेर युगौयुगसम्म पनि नेपाली जनताले अव गुनासो गर्नु नपर्नेगरी नेपाली समाज निर्माणमा प्रतिवद्ध रहने काम हुनेछ । अब संसद भवनमा गएर नेपाली जनताले अब समस्या भोग्नु नपर्ने गरी देश बनाउन म अगाडि बढ्नेछु ।’

त्यस अवसरमा नेतृ गौतमले निर्वाचनमा आफूलाई विजयी गराउने आम मतदाताप्रति पनि आभार व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?