Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमवार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् । साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनु भयो । दाहालले भन्नुभयो, ‘राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’ पछिल्लो सात सातादेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाको उपचार प्रक्रियाको गाम्भीर्यतालाई बुझ्दै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय लिएको जनाएको छ । केएमसीले आफूसँग उत्कृष्ट र अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति रहेको भन्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सक्षम रहेको दाबी समेत गरेको छ ।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ ।

महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमवार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् ।

साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनु भयो ।

दाहालले भन्नुभयो, ‘राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’

पछिल्लो सात सातादेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाको उपचार प्रक्रियाको गाम्भीर्यतालाई बुझ्दै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय लिएको जनाएको छ । केएमसीले आफूसँग उत्कृष्ट र अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति रहेको भन्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सक्षम रहेको दाबी समेत गरेको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?