Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान


प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिकामध्ये मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा समिति निर्माण भइसकेको हो । मन्त्रालयले लागुऔषध प्रयोगकर्ता र कारोबार बढी हुने स्थानको पहिचान गरी धमाधम समिति निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नगरस्तरीय समितिमा उपप्रमुख सदस्य, लागुऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने संस्था, पत्रकार, नेपाल स्काउटबाट एक–एक जना सदस्य रहने र पालिकाको शिक्षा शाखा प्रमुख सदस्यसचिव रहने अभियानको कार्यविधि २०७९ मा उल्लेख छ । नगरस्तरमा बनाइएका समितिले विद्यालयमा पढ्दै गरेका किशोरावस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागुऔषध तथा विपद् व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत् विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्न समन्वय गर्ने उहाँको भनाइ छ । नगरमा नगरप्रमुखको अध्यक्षतामा निर्माण भएको समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक तहका ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराउन आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो । संयोजक रिजालले कार्यक्रमको प्रभावकारिता तथा गुणस्तरीयताका लागि मन्त्रालयको समन्वयमा जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा जिल्ला अनुगमन समिति निर्माण गरिसकेको बताउनुभयो ।

जिल्ला अनुगमन समितिमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीको जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, जिल्ला स्काउट, शिक्षा विकास तथा समन्वय एकाइको प्रतिनिधि, प्याब्सन, एनप्याब्सन, हिसानका एक–एक जना प्रतिनिधि सदस्य र जिल्ला संयोजक सदस्यसचिव रहने कार्यविधिमा व्यवस्था छ । सोहीअनुरुप नै जिल्ला समिति गठन भएको उहाँको भनाइ छ । यसैगरी संयोजक सन्देश रिजालले जिल्लाको बुद्धशान्ति गाउँपालिका, दमक नगरपालिका र अर्जुनधारा नगरपालिकामा समेत समिति गठन गरी काम गर्ने बताउनुभयो ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?