Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन


रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त ऐतिहासिक सफलतालाई उत्सवभन्दा पनि जिम्मेवारीका रुपमा लिएको बताउनुभएको छ ।

शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विजय ¥याली र जुलुस नगर्ने घोषणा गर्नुभयो । चितवनका जनतालाई धन्यवाद दिँदै उहाँले अबको समय नाच्ने र गाउने भन्दा पनि काम गर्ने भएको बताउनु भयो । उहाँले आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई उच्च राजनीतिक संस्कार देखाउन निर्देशन दिनुभयो । जितको उन्मादमा विपक्षी दल वा फरक विचार राख्नेहरुलाई होच्याउने वा अपशब्द बोल्ने काम नगर्न उहाँले सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विजय ¥याली नगर्ने निर्णय ग¥यौं । आम नागरिकले दिएको जिम्मेवारीको अगाडि अब हामीले यसलाई उत्सवको रुपमा भन्दा पनि जिम्मेवारी र उत्तरदायित्वको रुपमा लिनुपर्छ । एक–एक भोटको हिसाव गर्नुपर्नेछ । हामी धेरै सेलिब्रेसन गर्ने र विजय जुलुस निकाल्ने तयारीमा छैनौँ ।’

उहाँले रास्वपाका कुनैपनि सदस्यको गालीगलौजले पार्टीको शीर निहुरिने अवस्था आउन नदिन कार्यकर्तालाई सचेत गराउनु भयो । यो जित एउटा पार्टी वा चुनाव चिन्हको मात्र नभई सिंगो नेपाल र नेपाली जनताको भएको भन्दै उहाँले रास्वपाले जित्दा देशका कुनैपनि नागरिकले हारेको महशुस गर्न नपर्ने दाबी गर्नुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?