Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ


हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ

कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्न आएको बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले गाउँबस्तीमा पुग्दा देखिएका आमाबुबाको पीडा र आँशु पुछ्ने जिम्मेवारी आफूले महशुस गरेको बताउनु भयो । उहाँले मतदाताले दिएको निवेदन र समस्यासम्बन्धी पत्रहरू व्यवस्थित रूपमा फाइलिङ गरेर राखेको जानकारी दिनुभयो । ती सबै निवेदनहरुलाई अध्ययन गरेर जनताको आवाजलाई सदनमा उठाउने बताउनु भयो । गुरुङले आफूहरू काम गर्नकै लागि निर्वाचित भएर आएको उल्लेख गर्दै विकास र परिणाममुखी कामलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म कुनै राजनीतिको लाभ लिनुभन्दा पनि कसरी जनताको सेवा गर्न सकिन्छ, गाउँबस्ती डुलिराख्दा देखिएका बुबाआमाको आँशु पुछ्न सकिन्छ, भन्ने हेतुले उपस्थित भएको छु । उहाँहरुले दिनुभएको म्याण्डेट, उहाँहरुले दिनुभएको निवेदनका पत्रहरु सम्पूर्ण मैले फाईलिङ गरेर राखेको छु । फुर्सदको समयमा एक÷एक गरेर हेर्नेछु र उहाँहरुको आवाज मेरो आवाज बन्नेछ र मैले सदनमा उहाँहरुको आवाजलई सम्बोधन गर्नेछु । हामी काम गर्छौं भनेर आएका छौँ, काम काम काम भन्ने नै हाम्रो आवाज रहेको छ । काम गरेर परिणाम दिने प्रतिवद्धता जनाउँछु ।’

मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले गुरुङलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कास्की क्षेत्र नम्बर ३ मा गुरुङ ३७ हजार ७५० मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याउनु भयो । नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ४०६ मत ल्याउनु भयो । कास्की क्षेत्र नम्बर ३ मा ६५ हजार ४ सय ७ मत खसेको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?