Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)


बर्लिन। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीमा “नेपाल साँझ” कार्यक्रम आयोजना गरिएको छ। जर्मनीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार बर्लिनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले जर्मन पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपाल भ्रमण गर्न र नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल तथा जर्मनीका पर्यटनसम्बन्धी निकायका प्रतिनिधि, व्यवसायी तथा विज्ञहरूको सहभागिता रहेको थियो। वक्ताहरूले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै नेपालको प्रशंसा गरेका थिए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व सहायक महासचिव प्रोफेसर जेफ्री लिपम्यानले जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा समेत देखिएको उल्लेख गर्दै नेपालले दिगो पर्यटनको अवधारणासहित अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै विश्व ट्राभल नेटवर्कका अध्यक्ष जुर्गेन स्टिनमेट्जले नेपाल भ्रमणका आफ्ना ४० वर्षका अनुभव सुनाउँदै नेपाल सधैं सुरक्षित पर्यटकीय गन्तव्य रहेको बताए। एडभेन्चर ट्राभल ट्रेड एसोसिएसनकी क्षेत्रीय निर्देशक हन्ना पियर्सनले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरिन्।

कार्यक्रममा सहभागीहरूलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो। साथै मौलिक नेपाली सांस्कृतिक प्रस्तुति अन्तर्गत नेवारी तथा तामाङ सेलोमा नृत्य प्रस्तुत गरिएको थियो।

बर्लिनमा जारी विश्वप्रसिद्ध पर्यटन मेला आईटीबी बर्लिन २०२६को अवसर पारेर दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्। जर्मनी नेपाल भ्रमण गर्ने पर्यटनको सूचीको नवौं नम्बरमा रहेको छ ।

 

 


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?