Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विज्ञान तथा गणित प्रदर्शनी


इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।

यसैगरी आधारभूत गणित प्रदर्शनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको फिक्कल माविले रु १५ हजार र तेस्रो नर्वदा कल्याण अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तहतर्फ गणित प्रदर्शनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको कृष्णाश्रम माविले रु १५ हजार र तेस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकडेमीले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तह विज्ञान प्रदर्शनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले रु १५ हजार र तेस्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले रु १० हजार प्राप्त गरेको छ ।

शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिनुभयो । प्रदर्शनीमा ४० विद्यालयका तीन सय ५० विद्यार्थी र एक सय शिक्षक सहभागी थिए । प्रदर्शनीको दैनिक एक हजार पाँच सयभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा प्लाटोनियम र भिर सेटसमेत अवलोकनको लागि राखिएको थियो ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?