Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

विज्ञान तथा गणित प्रदर्शनी


इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।

यसैगरी आधारभूत गणित प्रदर्शनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको फिक्कल माविले रु १५ हजार र तेस्रो नर्वदा कल्याण अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तहतर्फ गणित प्रदर्शनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको कृष्णाश्रम माविले रु १५ हजार र तेस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकडेमीले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तह विज्ञान प्रदर्शनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले रु १५ हजार र तेस्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले रु १० हजार प्राप्त गरेको छ ।

शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिनुभयो । प्रदर्शनीमा ४० विद्यालयका तीन सय ५० विद्यार्थी र एक सय शिक्षक सहभागी थिए । प्रदर्शनीको दैनिक एक हजार पाँच सयभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा प्लाटोनियम र भिर सेटसमेत अवलोकनको लागि राखिएको थियो ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?