Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

मुख्य समाचार


सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सिस्नुपानी नेपालको प्रश्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताउदै उनले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको जिकिर गरेका छन्

खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको  टिप्पणी गरेकी छिन्  । उनले आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्दै व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताएकी

संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत

भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष

काठमाडौँ।महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले)मा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक नेपालको

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्

काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन् । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी छिन् । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री

सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उनको आरोप

घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि

काठमाडौँ। पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थमन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो । अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना

काठमाडौँ। शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरेका छन्। उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न

करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद लिम्बू

काठमाडौँ। नेपाली काँग्रेसकासांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो

शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा

काठमाडौँ। नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर

सम्वन्धित समाचारहरु