Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन


रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा रोल्पाका ७२ वटै वडामा पुग्दा देखिएको जनलहरले विपक्षीहरुलाई चुनौती दिएको उहाँले बताउनुभएको हो । पुनले चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुसँग स्वस्थ र मर्यादित प्रतिष्पर्धा गर्न चाहेको बताउनु भयो ।
‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढंगले सहकार्य गरेका छौँ ।’ उहाँले भन्नुभयो,‘जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’

सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिने संकल्प

देशको वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै पुनले सुशासन र समृद्धिको एजेण्डालाई मुख्य प्राथमिकतामा राखेको बताउनु भया ।
उहाँले भन्नुभयो, ‘एकातिर सिंहदरबार जलाउने र देश विध्वंश गर्नेहरु छन् भने अर्कोतिर जेन–जी आन्दोलनकारी नवयुवाहरुको शान्तिपूर्ण मागमाथि गोली चलाउने र दमन गर्नेहरु छन् । हामी यी दुवै प्रवृत्तिका विरुद्धमा छौँ ।’
उहाँले पार्टीका संयोजक पुष्पकमल दाहाल नेतृत्वको १८ महिनाको सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोल्दा विचौलिया र भ्रष्टाचारलाई संस्थागत गर्नेहरुले सरकार ढालेको आरोप समेत लगाउनु भयो । युवाहरुले स्वदेशमै रोजगारी पाउनुपर्ने आफूहरुको स्पष्ट अडान रहेको बताउनु भयो । उहाँले आफूहरु सुशासन, शान्ति र समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको बताउनु भयो ।
‘हामी सुशासन, शान्ति, समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा छौँ । युवाहरुले स्वदेशमै रोजगारी पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ ।’उहाँले भननुभयो । 

नयाँ विचार र नेतृत्वसहितको नेपाली कम्युनिष्ट पार्टी

२५ वटा पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी विचार, राजनीति र नेतृत्वका हिसावले नयाँ पार्टी भएको पुनको दाबी छ । उहाँले गणितीय रुपमा कमजोर हुँदा दुई ठूला पार्टीहरुले अप्राकृतिक गठबन्धन गरेको भन्दै अबको निर्वाचनबाट आफ्नो पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो ।

जेन–जीका भावना र राष्ट्रिय स्वाधीनताको एजेण्डा

नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्नु आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको पुनले बताउनु भयो ।
‘हामी जनताको जनमतबाट जेन्जीका सकारात्मक माग र भावनाहरुलाई सम्बोधन गर्छौं । राष्ट्रियता, समृद्धि र सुशासनका एजेण्डाहरुलाई अगाडि बढाउने सामथ्र्य हामीसँग छ ।’ उहाँले भन्नुभयो । 
निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो र निर्णायक पार्टी हुने हैसियत आफ्नो पार्टीले राख्ने उहाँको जिकिर छ ।

रोल्पाको विकासको प्रमाण र समाजवादको मोडल

रोल्पाको विकासमा विगत २० वर्षमा आफ्नो पार्टीले गरेको योगदानको चर्चा गर्दै पुनले सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका कामहरु नै आफ्नो विजयको आधार भएको बताउनु भयो ।
‘हामीले के ग¥यौं भन्ने कुराको प्रमाण रोल्पाका गाउँगाउँमा छन् । कृष्णबहादुर महरा, ओन्सरी घर्ती लगायतका नेताहरुले शुरु गरेका कामलाई म निरन्तरता दिनेछु ।’ उहाँले प्रतिवद्धता जनाउनु भयो । 
उहाँले रोल्पालाई अब केवल क्रान्तिको थलो मात्र नभई समृद्धि, विकास र सुशासनको एउटा ‘मोडल’ बनाएर समाजवादतिर उन्मुख गराउने संकल्प गर्नुभयो । रोल्पाली जनताको स्वाभिमानलाई उच्च बनाउनु र रोल्पालाई समृद्धिको नमूना बनाउनु आफ्नो र नेकपाको मुख्य प्रतिवद्धता भएको बताउनु भयो ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?