Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार


आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ । निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ ।

निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षण गर्ने र निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अडियो तथा भिडियो सामग्री प्रशारण गर्ने मिडियाहरूलाई कारबाहीको दायरामा ल्याउन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । तर निर्वाचन आयोग ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिताको पालना गराउनु आयोगको दायित्व भएको उहाँले बताउनु भयो । सञ्चार जगतलाई नजिकबाट बुझ्ने र विज्ञता राख्ने निकाय भएकाले प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कदम चाल्नेमा आयोग विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मत सर्वेक्षण गरेको अथवा निर्वाचनलाई असर पर्ने भिडियो अथवा अडियो सामग्रीहरू प्रसारण गरेको सन्दर्भमा सञ्चार माध्यमलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार गरेको विषय यहाँले उठाउनुभएको छ । त्यो विषय निर्वाचन आयोग प्रेसको स्वतन्त्रताप्रति विश्वस्त छ र हामी प्रेसको स्वतन्त्रता कम्प्रोमाइज नहोस् भन्ने चाहन्छौँ । यहाँहरू पनि त्यसैका लागि लागि राख्नुभएको छ । त्यस अर्थमा तपाईं र हाम्रो कुरा त्यति फरक छैन । तर निर्वाचन आचारसंहिता बनाएर मात्र गर्नुहोला । निर्वाचन आचारसंहिता जारी गर्ने अथोरिटी निर्वाचन आयोग ऐनले निर्वाचन आयोगलाई दिएको छ । र त्यहीअनुसार निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आकर्षित हुनेगरी गरिएका कार्यहरू निर्वाचनको स्वच्छता, निष्पक्षता कायम गर्ने सन्दर्भमा यिनीहरू प्रतिकुल हुन् भन्ने आयोगले महशुस गरेर त्यो विषयमा विज्ञता राख्ने निकाय सञ्चार जगत्लाई नजिकबाट बुझ्ने, त्यसको स्वतन्त्रतालाई पनि ध्यान दिने र गर्न नहुने काम के–के हो त्यो पनि थाहा पाउने निकाय प्रेस काउन्सिल भएको हिसावले हामीले प्रेस काउन्सिललाई यो विषय लेखेर पठाएका छौँ । र त्यो त्यो एक्सपर्ट एजेन्सी हो त्यो । विज्ञ निकाय हो । त्यसले आफ्नो विज्ञताको प्रयोग गरेर त्यो विषयमा आवश्यक एक्सन लिनेछ भन्ने कुरामा आयोग विश्वस्त छ । त्यसैले अहिले यो विषय प्रेस काउन्सिलले के गरिरहेको छ भन्ने विषय कतिपय आजकै इन्फर्मेसन मसित नहुन पनि सक्छ । त्यसकारणले गर्दाखेकि यो विषयमा यहाँहरूले थप अपडेट त्यतैबाट लिनुहुनेछ भन्ने मैले आग्रह गर्छु । र विगतमा हामीले प्रेस काउन्सिलमा लेखेका विषयहरूमा प्रेस काउन्सिलले यो निर्वाचन एउटा राष्ट्रिय अभियान भएको हुनाले उहाँहरूले निर्वाचन आयोगको स्पिरिटअनुसार होस्टेमा हैँसे गरेरै काम गरेको हामीले पाएका छौँ । त्यस अर्थमा हामी प्रेस काउन्सिलको कार्यप्रति विश्वस्त छौँ र उहाँहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गर्नुपर्ने कामहरू गर्नुहुनेछ । र त्यसो हुँदा प्रेसको स्वतन्त्रता पनि हनन हुने छैन र निर्वाचन आचारसंहिता पालना गर्ने काममा पनि पालना गराउने काममा पनि सहयोग पुग्नेछ भन्ने विश्वास निर्वाचन आयोगले गरेको छ ।’

विगतमा पनि काउन्सिलले आयोगको स्पिरिट अनुसार ‘होस्टेमा हैँसे’ गर्दै काम गरेको स्मरण गर्दै प्रवक्ता भट्टराईले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । यस कदमले प्रेस स्वतन्त्रता हनन नहुने बरु निर्वाचन आचारसंहिता पालना गराउन मद्दत पुग्ने आयोगको विश्वास छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?