Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गर्नुभयो । रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरुलाई सम्बोधन गर्ने सामथ्र्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गर्नुभयो । निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरुलाई आफूहरुले सम्बोधन गर्ने आश्वासन समेत उहाँले दिनुभयो । उहाँले भन्नुभयो,‘हामी जनताको जनमतबाट जेन–जीका सकारात्मक माग, उनीहरुको भावनालाई सम्बोधन गर्छौं । राष्ट्रियता, समृद्धि, सुशासनका एजेण्डाहरुलाई अघि बढाउने सामथ्र्य हामीसँग छ । त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छन । र नेपाली कम्युनिष्ट पार्टी आजको राष्ट्रिय स्वाधिनता, समृद्धि र देशका सबै समस्याहरु सम्बोधन गर्न सामथ्र्य राख्छ । त्यसैले हामी आगामी निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो पार्टी, निर्णायक पार्टी हुने हामी हैसियत राख्छौँ । त्यो एजेण्डा राख्छौ, त्यो नेतृत्व राख्छौँ ।’ नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गर्नुभयो । रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरुलाई सम्बोधन गर्ने सामथ्र्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गर्नुभयो । निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरुलाई आफूहरुले सम्बोधन गर्ने आश्वासन समेत उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामी जनताको जनमतबाट जेन–जीका सकारात्मक माग, उनीहरुको भावनालाई सम्बोधन गर्छौं । राष्ट्रियता, समृद्धि, सुशासनका एजेण्डाहरुलाई अघि बढाउने सामथ्र्य हामीसँग छ । त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छन । र नेपाली कम्युनिष्ट पार्टी आजको राष्ट्रिय स्वाधिनता, समृद्धि र देशका सबै समस्याहरु सम्बोधन गर्न सामथ्र्य राख्छ । त्यसैले हामी आगामी निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो पार्टी, निर्णायक पार्टी हुने हामी हैसियत राख्छौँ । त्यो एजेण्डा राख्छौ, त्यो नेतृत्व राख्छौँ ।’

नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?