काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । यसको परीक्षण उत्पादन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखापरेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रश्ताव अघि सारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक भएको भन्दै प्रश्ताव अघि सारेका हुन् ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । भ्रष्टाचार न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण र सम्पती शुद्धीकरण जस्ता गम्भीर मुद्दामा सरकार दृढ रहेको उनको दाबी छ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उनले यस्तो चेतावनी दिएका हुन् । उनले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराए । अहिलेको प्रणालीको रक्षा गर्नु र
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाएका
काठमाडौँ। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले देश र जनताको लागि जीवन अर्पण गर्नुभएका महामानवप्रति कृतज्ञता
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट यथार्थपरक रहेको र बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरेका छन् । प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरे । उनले बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड
काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त
काठमाडौँ। स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ । विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताएका छन् । सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताएका छन् । उनले विभिन्न माध्यमबाट