Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुनसरीमा पनि कर्फ्यू आदेश जारी


सुनसरी । सुनसरीमा शुक्रबार दिउँसो २:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम कर्फ्यू आदेश जारी गर्दै तोकिएको क्षेत्रमा आवतजावत पूर्ण प्रतिबन्ध लगाइएको जनाएका छन्।

कर्फ्यू क्षेत्रमा उत्तरतर्फ हनुमान टोलस्थित नेपाली सेनाको ब्यारेकदेखि पन्राहा चौक, पूर्वतर्फ मिलन चौकदेखि जुत्ता विक्रान्तिर, दक्षिणतर्फ दुर्गापुर चोकस्थित अनुसन्धान कार्यालयदेखि यातायात कार्यालय, पप्पु पुल हुँदै पेट्रोल पम्पसम्म र पश्चिमतर्फ कालिकामोडदेखि जनता वस्ती क्षेत्रसम्म समेटिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?