Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सुनसरीमा पनि कर्फ्यू आदेश जारी


सुनसरी । सुनसरीमा शुक्रबार दिउँसो २:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम कर्फ्यू आदेश जारी गर्दै तोकिएको क्षेत्रमा आवतजावत पूर्ण प्रतिबन्ध लगाइएको जनाएका छन्।

कर्फ्यू क्षेत्रमा उत्तरतर्फ हनुमान टोलस्थित नेपाली सेनाको ब्यारेकदेखि पन्राहा चौक, पूर्वतर्फ मिलन चौकदेखि जुत्ता विक्रान्तिर, दक्षिणतर्फ दुर्गापुर चोकस्थित अनुसन्धान कार्यालयदेखि यातायात कार्यालय, पप्पु पुल हुँदै पेट्रोल पम्पसम्म र पश्चिमतर्फ कालिकामोडदेखि जनता वस्ती क्षेत्रसम्म समेटिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?