Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन


काठमाडौँ। प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च  शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।  जेन जी आन्दोलनका कारण सोमवार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?