Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन


काठमाडौँ। प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च  शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।  जेन जी आन्दोलनका कारण सोमवार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?