काठमाडौँ। नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको
काठमाडौँ। जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।
काठमाडौँ। नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो
काठमाडौँ। नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताएका छन्। उनले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताएका छन् । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने र नेकपा
काठमाडौँ। नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन् । बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउनुहुँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताएका छन् । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि
काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया शुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो । भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ
मकवानपुर। हेटौंडा शहरको मुख्य क्षेत्रमा सडक विस्तार गरिएसँगै भूकम्प पछिको शहरजस्तै देखिएको छ । सफा र हरियाली शहरको रूपमा चिनिने हेटौंडा बजार अहिले सडक विस्तारपछि अस्तव्यस्त देखिएको हो । सरकारले मंसिर २० गते हेटौंडामा २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा भत्काएको थियो । त्यसअघि सडक डिभिजन हेटौँडाले मंसिर ५ गते
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका छन् । नेता पुनले
काठमाडौँ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २ सय तथा भा.रु. ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भा.रु. २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ । मंसिर २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । आईतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो । राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरेकी