Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुख्य समाचार


रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै देशमा मानव

भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष

टर्कीको भूमध्यसागरीय तटमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु, ६९ जना घाइते

एजेन्सी। टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मंगलवार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु र ६९ जना घाइते भएका छन् । प्रारम्भिक निष्कर्षअनुसार शहरभर आवासीय भवनहरूमा कुनै क्षति भएको छैन । भूकम्पको समयमा, अफरानुर गुन्लु नामकी १४ वर्षीया बालिकालाई आतंककारी आक्रमणका कारण अस्पताल लगिएको थियो । भूकम्प

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरे ।

राजावादी आन्दोलन रोकिएसँगै राप्रपा नेताहरुका लागि सुरक्षाकर्मी फिर्ता हुन्छन्ः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरुको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको

आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ २१ गते बुधबार( June 04 2025) ज्येष्ठ शुक्लपक्ष,नवमी, ०२:०६ बजेपछि दशमी अब हेर्नुहोस आजको राशिफल :- मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ

भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने बताए ।

पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा

काठमाडौँ। नेकपा (माओवादी) केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उनको भनाइ

सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी हुन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताईन । शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सिमित हुन नहुने उनको भनाइ छ । उनले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्षरूपमा

गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सचेतक रोकायाले गणतान्त्रिक व्यवस्था स्थापनाका निमित्त कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट व्यवस्था असफल बनाउने कार्यहरु भइरहेको दाबी गरेका

सम्वन्धित समाचारहरु